हाम्रो बारेमा

ऐतिहासिक पृष्ठभूमि 

यस श्री इन्द्रेश्वरी माध्यमिक विद्यालय बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ११ मेलम्ची टारमा अवस्थित छ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी क्षेत्रको केन्द्र भागमा रहेको यस स्थान मेलम्ची नदी र इन्द्रावती नदीको संगम स्थल मेलम्ची दोभानमा रहेको धार्मिक स्थल इन्द्रेश्वर महादेवको नामबाट विद्यालयको नामाङ्कन भएको हो । नेपालको राजधानी काठमाण्डौ देखि उत्तर पुर्व करिव ६५ कि मी दुरीमा पर्दछ । भौगोलिक, सामाजिक, व्यपारिक केन्द्रमा रहेको यस स्थान शैक्षिक विकासको पनि निकै संभावना रहेको विद्यालय हो । वि सं २०३१ मा प्राथमिक तह कक्षा १–३ सञ्चालन गर्ने स्विकृत प्राप्त गरी हाल कक्षा पूर्व वाल बिकास कक्षा देखि कक्षा १२ सम्म सञ्चालित विद्यालय हो । हाल यस विद्यालयमा कक्षा ९ – १२ प्राविधिक धार सिभिल इन्जिनियरीङ विषय पनि सञ्चालन भईरहेको छ । समाहित शिक्षा कार्यक्रम अनुसार बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि आवासीय सुविधा सहितको कक्षा पनि सञ्चालन भईरहेको छ ।
इन्द्रावती र मेलम्ची नदीको सङ्गमस्थल समीपमा रहेको पवित्र धार्मिक स्थल इन्द्रेश्वर महादेवको नामबाट ऐतिहासिक, साँस्कृतिक एवम् धार्मिक हिसावले सरस्वतीको मन्दिरको रुपमा वि.सं.२०३१ साल फाल्गुण १ गते मेलम्ची बजारमा यस विद्यालयको स्थापना भएको हो । हाल यस विद्यालय मेलम्ची नगरपालिका वडा नं. ११ मेलम्चीटारमा अवस्थित भू—मापन अनुसार भौगोलिक अवस्थिति पूर्वी देशान्तर ८५.५७ डिग्री र उत्तरी अक्षांश २७.८३ डिग्री तथा समुद्र सतहबाट ८६९ मिटर उचाइमा रहेको छ । यस विद्यालयको स्थापना र विकासक्रम यस प्रकार रहेको छ ।

वि.सं.२०३१ फागुन १गते प्रा.वि. स्वीकृत भएको ।
✅  वि.सं.२०३४ मा नि.मा.वि. तह कक्षा ४ र ५ स्वीकृत भएको ।
✅ शैक्षिक सत्र २०३६–३७ मा नि.मा.वि कक्षा ६ र ७ पुरा स्वीकृत भएको शैक्षिक सत्र २०३८–३९ मा कक्षा ८ सञ्चालन गरेको तर स्वीकृति प्राप्त गर्न नसकेको ।
✅ शैक्षिक सत्र २०४५–४६ मा निजी श्रोतमा मा.वि. तह सञ्चालन गर्न कक्षा ८ सञ्चालनको अनुमति प्राप्त गरेको ।
✅ शैक्षिक सत्र २०४७–४८ सम्ममा कक्षा १० सञ्चालन गर्ने अनुमति प्राप्त गरेको ।
✅ २०४८ सालमा पहिलोपटक एस.एल.सी. परीक्षामा सम्मिलित भएको ।
✅  २०५२ सालमा मा. वि. स्थायी स्वीकृति प्राप्त भएको ।
✅  मिति २०५८÷०३÷२६ मा विधिवत उच्च माध्यामिक शिक्षा परिषदबाट सम्बन्धन प्राप्त भई श्री इन्द्रेश्वरी उ.मा.वि.को नामबाट सञ्चालन भइरहेको छ ।
✅  मिति २०६८÷०३÷ देखि उच्च माध्यमिक तहमा विज्ञान सङ्काय सञ्चालन भइरहेको छ ।
✅ मिति २०७३÷०१÷२० मा शिक्षा विभागबाट प्राविधिक तथा व्यवसायिक शिक्षा तर्फ कक्षा ९ देखि सिभिल इन्जिनियरीङ विषय सञ्चालनको अनुमति प्राप्त । हाल नेपाल सरकार स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मेलम्ची नगरपालिकाबाट २०७५ देखि प्राविधिक धार सिभिल इन्जिनियरीङ विषयमा सञ्चलन गर्ने अनुमति प्राप्त गरी हाल कक्षा १२ सम्म सञ्चालन भइरहेको ।
✅  यसै विद्यालयलाई आधार मानेर वि.सं. २०६४ देखि इन्द्रावती क्याम्पसमा स्नातक तह विएड तथा बिबिएस कार्यक्रम कक्षा सञ्चालन भइरहेको छ ।

 

यस विद्यालयको स्थापनामा स्थानीय समाजसेवी, बुद्धिजीवीहरुको अमूल्य योगदान रहेको छ । जसमा संस्थापक अग्रज समाजसेवीहरुको नामावली यस प्रकार रहेको छ ।

✅  संस्थापक विद्यालय सहयोग समिति ः
संस्थापक अध्यक्ष ः— स्व. भीमकृष्ण श्रेष्ठ
संस्थापक सदस्य ः— स्व. नारायणकृष्ण श्रेष्ठ
संस्थापक सदस्य ः— स्व. तेजबहादुर श्रेष्ठ
संस्थापक सदस्य ः— स्व. हरिभक्त श्रेष्ठ
संस्थापक सचिब प्र.अ. ः—स्व. विष्णुबहादुर खड्का

✅  विद्यालय भवनको लागि निःशुल्क जग्गा दाताहरु ः
१. स्व. हुतराज पाण्डे — समाजसेवी एवं पूर्व प्रधानपञ्च
२. स्व. अर्धचन्द्र पाण्डे — समाजसेवी
( दुवै जनाले संयुक्त राजीनामा गरी दिनु भएको क्षेत्रफल जम्मा १–१३–३–०)
मेलम्ची बजारमा रहेकोे पुरानो विद्यालय भवन बनेको क्षेत्रफल ०–१५–३–२ भएको जग्गा दिनेहरुमा  ( ३. स्व. भीमकृष्ण श्रेष्ठ, स्व.सत्यचन्द्र पाण्डे, धर्मचन्द्र पाण्डे, ठाकुरप्रसाद पाण्डे, स्व.अर्धचन्द्र पाण्डे, कृष्णप्रसाद पाण्डे, पिताम्वर पाण्डे )

✅ विद्यालयको स्थापना देखि हालसम्मको विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको विवरण निम्न अनुसार छ :
क्र.संं. नाम थर अवधि पद कैफियत
१ स्व. भीमकृष्ण श्रेष्ठ २०३१–२०३३ संस्थापक अध्यक्ष
२ स्व. तीर्थलाल श्रेष्ठ २०३३–२०३६ अध्यक्ष
३ श्री बालकृष्ण चौलागाइँ २०३६–२०३७ अध्यक्ष
४ स्व. भीमकृष्ण श्रेष्ठ २०३७–२०४१ अध्यक्ष
५ श्री ध्रुवलाल श्रेष्ठ २०४१–२०५० अध्यक्ष
६ श्री कृष्णप्रसाद दुलाल २०५०–२०५४ अध्यक्ष
७ श्री विष्णुप्रसाद सापकोटा २०५४–२०५९ अध्यक्ष
८ श्री धर्मकृष्ण श्रेष्ठ २०५९–२०६२ अध्यक्ष
९ स्व. राजेन्द्रप्रसाद श्रेष्ठ २०६२ –२०६५ कार्तिक अध्यक्ष
१० श्री रुद्रप्रसाद दुलाल २०६५ कार्तिक– २०७३ पौष
११ श्री इन्द्रमणी दाहाल २०७३ पौष – २०७६ पौष ज्येष्ठ सदस्य

✅  स्थापना देखि हालसम्मका प्रधानाध्यपकहरुको नामावली :
क्र.संं. नाम थर अवधि पद कैफियत
१ स्व. श्री विष्णुबहादुर खड्का २०३१–२०३२ सं. प्र.अ.
२ श्री धर्मकृष्ण श्रेष्ठ २०३२÷८—०३२÷१० प्र.अ.
३ श्री जगन्नाथ दुलाल २०३२–२०३५ प्र.अ.
४ श्री मित्रबहादुर कार्की २०३५–२०३७ प्र.अ.
५ स्व. श्री राजेन्द्रप्रसाद श्रेष्ठ २०३७–२०४६ प्र.अ.
६ श्री मित्रबहादुर कार्की २०४६–२०५० प्र.अ.
७ श्री मिथिलेश कुमार पाण्डे २०५०÷१–०५०÷८ प्र.अ.
८ श्री राधाकृष्ण श्रेष्ठ २०५० मंसिर– हालसम्म प्र.अ.

✅ शिक्षा ऐन नियमावली अनुसार २०६५ कार्तिक ९ गते अभिभावक भेलाद्वारा गठन भएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ः
क्र.संं. नाम थर पद कैफियत
१ रुद्रप्रसाद दुलाल अध्यक्ष
२ यज्ञप्रसाद दुलाल सदस्य
३ शम्भुप्रसाद पाण्डे सदस्य
४ स्व. कृष्णबहादुर चालिसे सदस्य
५ अरुणध्वज कार्की सदस्य
६ स्व. न्हुच्छेमाया श्रेष्ठ सदस्य
७ भूमिनन्द दुलाल सदस्य शिक्षक प्रतिनिधि
८ राधाकृण श्रेष्ठ सचिव प्रधानाध्यापक

 

✅ मिति २०६९ मंसिर ३० गते अभिभावक भेलाद्वारा गठन भएको वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु :

क्र.संं. नाम थर पद ठेगाना फोन नं.
१ रुद्रप्रसाद दुलाल अध्यक्ष मेलम्ची—६
२ स्व. कृष्णबहादुर चालिसे सदस्य मेलम्ची—३
३ कृष्णबहादुर दुलाल सदस्य मेलम्ची—२
४ श्यामबहादुर खड्का सदस्य मेलम्ची—३
५ अरुणध्वज कार्की सदस्य ज्यामिरे—२
६ स्व. मैयादेवी तिवारी दुलाल सदस्य महिला मेलम्ची—५
७ गणेशविक्रम सिलवाल सदस्य मेलम्ची—६
८ यादवप्रसाद दुलाल सदस्य(शि.प्र.) मेलम्ची—५
९ राधाकृण श्रेष्ठ सचिव(प्र.अ.) मेलम्ची—२

✅ शिक्षा ऐन नियमावली अनुसार २०६६ वैशाख २८ गते अभिभावक भेलाद्वारा गठन भएको
शिक्षक अभिभावक संघका पदाधिकारीहरु ः

क्र.संं. नाम थर पद कैफियत
१ यादव प्रसाद धिताल अध्यक्ष
२ सीतादेवी दनुवार सदस्य
३ लक्ष्मी दनुवार सदस्य
४ शुशिला दुलाल सदस्य
५ गोपाल थापामगर सदस्य
६ रोहिणी चालिसे सदस्य
७ स्व.मीरा श्रेष्ठ सदस्य
८ श्यामसुन्दर मण्डल सदस्य
९ यादव प्रसाद दुलाल सदस्य
१० रुद्र प्रसाद दुलाल सदस्य वि.व्य.स. अध्यक्ष
११ राधाकृष्ण श्रेष्ठ सदस्य प्रधानाध्यापक

✅ वर्तमान शिक्षा ऐन नियमावली अनुसार २०६९ मंसिर ३० गते अभिभावक भेलाद्वारा नयाँ गठन भएको
वर्तमान शिक्षक अभिभावक संघका पदाधिकारीहरु :

क्र.संं. नाम थर पद ठेगाना फोन नं.
१ झलकप्रसाद दुलाल अध्यक्ष
२ खडानन्द दुलाल सदस्य
३ काजी ब. थापामगर सदस्य
४ कमला दनुवार सदस्य
५ प्रकाश गुरुङ्ग सदस्य
६ सिता दनुवार सदस्य
७ भिमबहादुर रम्तेल सदस्य
८ कमलाकुमारी नेपाल सदस्य शिक्षक
९ बुद्धिबहादुर खड्का सदस्य सचिव शि.
१० रुद्र प्रसाद दुलाल सदस्य विव्यस अ.
११ राधाकृष्ण श्रेष्ठ सदस्य प्र.अ.

✅ विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको नामावली
गठन मिति : २०७३ पुष ६ गते
क्र.स. नाम थर पद ठेगाना सम्पर्क नं
१ इन्द्रमणि दाहाल ज्येष्ठ सदस्य मेलम्ची ९८१३४७२६३८
२ लक्ष्मण गौतम सदस्य मेलम्ची ९८४३७५९०६९
३ रीता दाहाल सदस्य मेलम्ची ९८६०४२५११२
४ पार्वती थापा सदस्य तालामाराङ ९८१०१७५६३९
५ फणिन्द्र दाहाल सदस्य शिखरपुर ९८४१२८१३९६
६ सीता श्रेष्ठ सदस्य मेलम्ची ९८४९३३३२०४
७ बुद्धिबहादुर खड्का सदस्य (शि प्रतिनिधि) मेलम्ची ९८५१२२२३०७०
८ राधाकृष्ण श्रेष्ठ सदस्य सचिव (प्रअ) मेलम्ची ९८५११५२९९६