Issm

राधाकृष्ण श्रेष्ठ - प्रधानाध्यापक

इन्द्रावती र मेलम्ची नदीको सङ्गमस्थल समीपमा रहेको पवित्र धार्मिक स्थल इन्द्रेश्वर महादेवको नामबाट ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक हिसावले सरस्वतीको मन्दिरको रूपमा वि.सं.२०३१ साल फाल्गुण १ गते मेलम्ची बजारमा यस विद्यालयको स्थापना भएको हो । यस विद्यालय मेलम्ची नगरपालिका वडा नं. ११ मेलम्चीटारमा अवस्थित भू—मापन अनुसार भौगोलिक अवस्थिति पूर्वी देशान्तर ८५.५७ डिग्री र उत्तरी अक्षांश २७.८३ डिग्री तथा समुद्र सतह बाट ८६९ मिटर उचाइमा रहेको छ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगको केन्द्र भागमा रहेको यस विद्यालय ग्रामीण क्षेत्रमा आफ्नै गाउँघर आगनमै उच्च माध्यमिक तहसम्म शिक्षाको अवसर प्रदान गर्न क्रियाशील रहदै आईरहेको छ । लक्षित समुदायसम्म शिक्षाको पहुँच पु¥याउन विद्यालयको भूमिका अग्रणी रहेको सन्दर्भमा आगामी दिनमा गुणस्तरीय शिक्षाको लागि यस विद्यालयले अझै मेहनत गर्नु पर्ने अवस्था रहेको छ ।
ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरुलाई विज्ञान तथा प्राबिधिक विषयमा उच्च शिक्षा हासिल गर्ने अवसरको लागि २०६८ साल देखि विज्ञान सङ्काय सञ्चालन गर्दै आइरहेको छ। आजको समयको माग र नेपाल सरकारको कार्यक्रम अनुसार विद्यालय तहमा प्राविधिक तथा व्यवसायिक धारतर्फको शिक्षामा जोड दिने नीति रहेको हुँदा यस विद्यालयको अवस्था क्षमता अनुसार शैक्षिक सत्र २०७३ देखि प्राविधिक धार अन्र्तगत सिभिल ईन्जिनियरीङ्ग विषय सञ्चालन भई हाल कक्षा १२ सम्मको सञ्चालन भइरहेको छ । देश एवम् समाजको आवश्यकता अनुसार रोजगारमुलक व्यवसायिक प्राविधिक उत्पादनमुलक जनशक्ति उत्पादनमा टेवा पु¥याउन सहयोग पुग्नेछ । विस २०७२ वैशाख १२ को विनासकारी भूकम्पका कारण विद्यालयको भौतिक संरचनामा भएको क्षतिको पुनः निर्माण कार्य हालै सम्पन्न भईसकेको छ । नेपाल सरकार पुनः निर्माण प्राधिकरण, शिक्षा विभाग ,विभिन्न दातृ संस्था, स्थानीय निकाय तथा समुदायको सहयोगबाट यो कार्य सम्भव भएको हो । साधन स्रोतको सङ्कलन, परिचालन एवं सदुपयोगमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, विद्यार्थी एवं अभिभावकको सक्रिय सहभागिता नै नमूना विद्यालयको योजना सफल कार्यन्वयन हुने हुँदा सम्पूर्ण सरोकारवालाहरूमा सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ ।
वर्तमान परिवेशमा सार्वजनिक शिक्षामा गुणस्तरको सवालमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर, प्राविधिक तथा व्यावसायिक शिक्षा आम चासो र चर्चाको विषय रहेको छ । हाम्रो जस्तो ग्रामीण परिवेशमा विविध बाधा व्यवधान एवम् चुनौतिहरुलाई अवसरका लिदै, स्थानीय स्रोतसाधन, सरोकारवालाहरुबाट प्राप्त सुझाव सल्लाहलाई अत्यधिक सदुपयोग गर्देै सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तरको अभिवृद्धि गर्न यस विद्यालयको अहम् भूमिका रहनेछ । ग्रामिण क्षेत्रमा शैक्षिक, सामाजिक आर्थिक रुपले पछाडि परेका बालबालिकाहरुलाई सुलभ सहज रुपले आफ्नै घर आँगन नजिकै स्तरीय शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने अहम् दायित्व यस विद्यालयवहन गर्न प्रतिवद्धता व्यक्त गर्दछ ।


भिडियोहरु

हाम्रो बारेमा

image5

पुरा पढ्न तल किल्क गर्नुहोस

यस श्री इन्द्रेश्वरी माध्यमिक विद्यालय बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ११ मेलम्ची टारमा अवस्थित छ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी क्षेत्रको केन्द्र भागमा रहेको यस स्थान मेलम्ची नदी र इन्द्रावती नदीको संगम स्थल मेलम्ची दोभानमा रहेको धार्मिक स्थल इन्द्रेश्वर महादेवको नामबाट विद्यालयको नामांकन भएको हो । नेपालको राजधानी काठमाण्डौ देखि उत्तर पुर्व करिव ६५ कि मी दुरीमा पर्दछ । भौगोलिक, सामाजिक, व्यापारिक केन्द्रमा रहेको यस स्थान शैक्षिक विकासको पनि निकै संभावना रहेको विद्यालय हो । वि सं २०३१ मा प्राथमिक तह कक्षा १–३ सञ्चालन गर्ने स्विकृत प्राप्त गरी हाल कक्षा पूर्व वाल बिकास कक्षा देखि कक्षा १२ सम्म सञ्चालित विद्यालय हो । हाल यस विद्यालयमा कक्षा ९ – १२ प्राविधिक धार सिभिल इन्जिनियरीङ विषय पनि सञ्चालन भईरहेको छ । समाहित शिक्षा कार्यक्रम अनुसार बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि आवासीय सुविधा सहितको कक्षा पनि सञ्चालन भईरहेको छ ।

Indreshwori School Melamchi

संपर्क

 

ठेगाना: मेलम्ची न.पा.११, मेलम्चीटार 

फोन : +९७७  ०११४०१०२०

इमेल : infoihss@gmail.com

सामाजिक संजालमा पनि जोडिनुहोस्